Advertisement |
बिटकाँईन भनेको विकेन्द्रित पियर टु पियर नेटवर्कमा कुनै पनि मध्यस्त निकाय, केन्द्रिय निकाय वा क्लियरिङ्ग हाउस विना सञ्चालित पहिलो साईवर वा इलेक्ट्रॉनिक मुद्रा हो । बिटकॉईन भनेको इलेक्ट्रॉनिक नगद हो जसलाई प्रयोगकर्ताले इन्टरनेटमा वस्तु वा सेवाहरु खरिद विक्रिमा सामान्य मुद्रा जस्तै प्रयोग गर्न सक्दछन् । मुद्रा त्यस्तो बस्तु अथवा लिखत हो जसलाई बिनिमयको माध्यमको रूपमा प्रयोग गरिन्छ र बस्तु तथा सेवाको भुक्तानी तथा ऋण मोचनको लागि सामाजिक तथा कानूनी रूपले स्वीकार गरिन्छ । बिटकॉईनको सञ्चालन प्रक्रिया तथा सॉफ्टवेअर ओपर सोरस मा छ जसले यसको सोरस कोड तथा आर्किटेकचर जो कोहीले पनि हेर्न तथा बुझ्न सक्दछ । जुन सुकै देशको मुद्रा सुन, चाँदी, बहुमुल्य पथ्थर वा विदेशी मुद्रा वा सेक्युरिटीजहरु सुरक्षण वापत राख्ने गरिन्छ भन्नुको मतलव जति रकम देशमा प्रचलनमा हुन्छ त्यती बराबरको सुरक्षण नेपाल राष्ट्र बँक ले राख्ने गर्दछ तर बिटकॉईन यस्तो इलेक्ट्रॉनिक मुद्रा हो जसको कुनै सुरक्षण हुदैन तर यसलाई गणितीय अाधारमा यसको रुप निर्धारण गर्ने कार्य गर्ने वा गराउने हुन्छ ।
सन् २००९ मा सातोसि नाकामोतो नाम गरेको व्यक्तिले आविष्कार गरेको थियो । यसको सञ्चालन सन् २००९ मा पहिलो ओपन सोरस वालेट सार्वजनिक गरे पछी भएको पाइन्छ भने यसको प्रयोग २०११ मे देखि अत्यधिक रुपमा बढेको देखिन्छ ।
0 comments: