Tuesday, August 8, 2017

कमोडिटी मार्केट के हो ?

ad300
Advertisement
         
        कुनै ब्राण्ड नाम दिएर प्याकिङ नगरिएका गहुँ, मकै, कफी, सुन, चाँदी, कच्चा तेललगायतका वस्तुहरूलाई कमोडिटी भनिन्छ । तिनको मूल्यमा दिनहुँ मात्र होइन, घण्टैपिच्छे समेत घटबढ भइरहन्छ । यस्तो घटबढ भइरहँदा लगानीकर्तालाई मुनाफा सिर्जना गराउने तथा उत्पादकहरूलाई भविष्यमा हुने मूल्यको घटबढको जोखिम कम गर्ने उद्देश्यले यस्ता वस्तुहरूको व्यवस्थित तवरले एक्सचेञ्जमार्फत कारोबार हुन्छ । यो प्रणालीमा वस्तुहरूको कारोबार करारपत्र बनाई गरिन्छ । यस्तो करार सूचीकरण गरी कारोबार गर्ने गराउने एक्सचेञ्जहरूलाई कमोडिटीज एक्सचेञ्ज भनिन्छ । नेपालको हकमा हालसम्म स्थापित सबै कमोडिटीज एक्सचेञ्जहरूले कृषिउपज, धातु तथा ऊर्जाको करारमा कारोबार गर्दै गराउँदै आएका छन् । अहिले चलनचल्तीमा यस्ता करारका चार प्रकार प्रमुख छन् : फरवार्ड, फ्युचर्स, अप्सन र स्वाप । हाल नेपालको कमोडिटीज एक्सचेञ्जमा भने फ्युचर्समा मात्र कारोबार हुने गरेको छ । नेपालको कमोडिटी बजारमा उपयोग हुने मूल्य अमेरिकी डलर र भारतीय रूपैयाँलाई आधार मानेर तय हुने गरेको छ ।


के हो कमोडिटि एक्सचेन्ज ?
कमोडिटी एक्सचेञ्ज विभिन्न वस्तुहरूको खरीदबिक्री गर्ने ठाउँ हो । कमोडिटी बजारमा वस्तुको स्वामित्व एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्नेमात्र नभएर भौतिकरूपमा पनि वस्तुलाई एक ठाउँबाट अर्को ठाउँमा सारिन्छ । अहिले भौतिक वस्तुको उपस्थितिबिना पनि त्यस्ता वस्तुको स्वामित्व मात्र खरीद बिक्री हुन थालेको छ । यो कारोबार संगठित कमोडिटीज एक्सचेञ्ज (वस्तु बजार)बाट हुनेगर्छ । स्वामित्वको मात्र खरीद बिक्री हुँदा वस्तु भने जहाँ थियो त्यहीँ (अर्थात गोदाममै) रहिरहन सक्छ । वस्तुको स्वामित्व जनाउने कागजको मात्र खरीद बिक्री हुन्छ । यसरी हेर्दा कमोडिटी बजार जग्गाको खरीद बिक्री जस्तै हुन्छ । तसर्थ, यस्ता वस्तुहरू (जसलाई कमोडिटीज भनिन्छ)मा पनि शेयर वा जग्गामा जस्तै लगानी गर्न सकिन्छ । यसकारण संगठित कमोडिटी एक्सचेञ्जलाई स्टक एक्सचेञ्ज जस्तै पूूँजीबजारको एक अंगको रूपमा लिने गरिन्छ ।
नेपालमा कमोडिटीज एण्ड मेटल एक्सचेञ्ज नेपाल
नेपालमा कमोडिटी बजारको शुरूआत भएको दशकौं भए पनि औपचारिकरूपमा करीब सात वर्षअघिदेखि मात्र भएको हो । कमोडिटी एण्ड मेटल एक्सचेञ्ज नेपाल (कोमेन)को स्थापनासँगै १४ डिसेम्बर सन् २००६ बाट यसको औपचारिक शुरुवात भएको हो । (कोमेन), मर्कण्टाइल एक्स्चेञ्ज नेपाल (मेक्स), नेपाल डेरिभेटिभ एक्सचेञ्ज (एनडेक्स), वेल्थ एक्स्चेञ्ज प्रालि (वेक्स), कमोडिटी फ्युचर एक्सचेञ्ज (सीएफएक्स), एसियन डेरिभेटिभ एक्सचेञ्ज (एडिएक्स), डेरिभेटिभ एण्ड कमोडिटी एक्सचेञ्ज(डीसीएक्स),एभरेष्ट कमोडिटी एक्सचेञ्ज (ईसीएक्स) र आरसीडीएक्स गरी नौवटा कमोडिटीज एक्स्चेञ्ज कम्पनी सञ्चालनमा छन् । केही कम्पनी सञ्चालनको तयारीमा रहेको बुझिएको छ । यसैगरी बजारमा करीब दुई सय कमोडिटी ब्रोकर कम्पनी रहे पनि करीब ४०÷५० ब्रोकर कम्पनीमात्र सक्रियरूपमा सञ्चालनमा रहेका छन् । अहिले सबै एक्सचेञ्जमा गरेर करीब २५ वटा कमोडिटीहरूका कण्ट्रयाक्टको किनबेच हुने गरेको छ । करीव ३÷४ वर्षअघि २० हजार लगानीकर्ता रहेको यो बजारमा हाल करीब ४० देखि ५० जना मात्र रहेको बताइन्छ । यथाशीघ्र नियमन शुरू हुन नसकेमा आउँदा दिनमा लगानीकर्ताको संख्या अझै घट्ने छ ।
कमोडिटी फ्युचर्समा लगानी कसरी गर्ने ?
फ्युचर्स कन्ट्राक्टमा लगानी गर्न कमोडिटीज फयुचर्स एक्सचेञ्जको ब्रोकर फर्ममा गएर खाता खोल्नुपर्छ । खाता खोल्दा ब्रोकरले ग्राहकलाई फ्युचर्स कारोबारमा नोक्सानी हुन सक्ने कारोबारबारे आफू जानकार रहेको उद्घोष गरेको कागजमा हस्ताक्षर गर्न लगाउन सक्छ । यसरी खोलिएको खातामा तोकिएको रकम जम्मा गर्नुपर्छ । त्यो रकम कमोडिटी, ब्रोकर वा एक्सचेञ्जको नियमअनुसार कम वा धेरै हुन सक्छ । कन्ट्राक्टको बजार मूल्य बढ्यो भने तपाइँको खाताको मूल्य बढ्छ भने कन्ट्राक्टको मूल्य घट्दा खाताको मूल्य पनि घट्छ । कन्ट्राक्टको मूल्य घट्यो भने तपाइँलाई ब्रोकरले ‘मार्जिन कल’ पठाउँछ । मार्जिन कलपछि तपाइँले आफ्नो खातामा रकम थप्नुपर्छ । रकम थप्न नसकेमा तपाइँको स्थान रद्द हुन्छ । तपाइँले पहिले जम्मा गरेको रकम गुम्न पुग्छ । समग्रमा, कमोडिटी मार्केटमा लगानी गर्दा यी कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ :
Copy@Right :http://bankingkhabar.com
Share This
Previous Post
Next Post

Founder and Auther: Narayan Chhetri is a IT In-Charge at possible health (Nyaya Health Nepal). He is a veteran keen tech-savvy person which has enabled him to qualify for the job. He has Completed +2 Level in Management and done of ICT B.Ed He has knowledge in wide range of IT fields. He is highly trained and skilled in graphic design, web design, hardware and networking, Q-Basic and had good knowledge of C, C++, C# and java programming.

0 comments: